अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ सम्म सारियो

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, १७ : ३२
अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ सम्म सारियो

काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । 

यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस