९ वर्षियाा बालिका बलात्कार गर्ने युवा पक्राउ

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, ०९ : १४
९  वर्षियाा बालिका बलात्कार गर्ने युवा पक्राउ

पोखरा । पोखरामा अभिभाबक नभएको मौका छोपी नौ बर्षीय बालिका बलात्कार गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । 

ति युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो । बालिकाको परिवारले उजुरी हाल्ने सुईँको पाएपछि पिडक युवा आईतबार नै पोखराबाट स्याङ्जा हानिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपि सुभाष हमालले बताए । 

हमालका अनुसार ति बलत्कार आरोपी युवालाई स्याङ्जाको मिरुवाबाट कास्की प्रहरीले साँझ ८ बजेतिर पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको हमालले बताए ।

प्रतिक्रिया दिनुहोस