आज १२२१ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुग्यो

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, १६ : २७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस