बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुरबीन प्रविधिबाट अन्डासयको सफल उपचार

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, ०८ : ५९
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुरबीन प्रविधिबाट अन्डासयको सफल उपचार

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दश  वर्षीया  बालिकाको अन्डासयको दुरविन प्रविधिबाट सफल उपचार गरिएको छ ।

एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुवै अन्डासयको १०×१५ सेन्टिमिटरको ट्युमर रहेको पुष्टि भएको थियो। 

यसलगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबीन प्रविधिबाट सफल उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता डा  निदेश सापकोटाले जानकारी दिए । 

डा. अजय अग्रवाल र डा. मदन खड्काको टोलीले सफल शल्यक्रिया गरेको हो। प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानमा यस अघि यस किसिमको शल्यक्रिया बच्चामा भएको थिएन।

‘दुरबीन प्रविधिवाट गरिने शल्यक्रिया सामान्य तय महङ्गो हुने गर्दछ । यस प्रविधिमा विशेष उपकरण र शीपको आवश्यकता चाहिन्छ ।’, डा सापकोटाले भने ।  अस्पतालका अनुसार बालिकाको अवस्था सुधारोन्मुख रहेको छ भने आजै डिस्चार्ज गरिनेछ ।