गिजामा समस्या छ वा छैन भन्ने यसरी थाहा पाउन सकिन्छ

सफल खबर संवाददाता

शनिबार, १३ भदौ २०७७, १४ : १४
गिजामा समस्या छ वा छैन भन्ने यसरी थाहा पाउन सकिन्छ

मुखमा कुनै न कुनै समस्या नभएका मानिस भेट्नै गाह्रो छ । 

कतिपय अवस्थामा जानेर पनि हेलच्यक्र्याईँका कारण अनि कतिपय समयमा नजानेर नै समस्या जटिल बन्दै गइरहेको हुन्छ ।

आफ्नो गिजामा समस्या छ वा छैन भनेर परीक्षण गरिरहनु पर्छ ।

१) के तपाईँको गिजा सुन्निएको छ ?
२) दाँत माझ्दा, टुथपिकको प्रयोग गर्दा वा अन्य दाँत तथा गिजा सफा गर्ने सामग्रीहरुको प्रयोग गर्दा रगत आउँछ ?
३) के तपाईँको गिजा खुम्चिएको वा तलतिर सरेको कारणले दाँतको लम्बाई बढेको जस्तो देखिएको छ ?
४) दाँत हल्लिएको महसुस गर्नुभएको छ ?
५) दाँत र गिजाको बीचको भागबाट पहेँलो पिपजस्तो बगेको देख्न्नुभएको छ ?
६) दाँतको स्थान परिवर्तन भएको, अन्य दाँतभन्दा माथि बढेको वा दाँतहरुको बीचमा दूरी बढ्दै गएको महसुस गर्नुभएको छ ?
७) तपाईँको बुबा, आमा वा परिवारको अन्य सदस्यहरुमा गिजा सम्बन्धी समस्या देखिएर उमेर नपुग्दै दाँत झरेको छ ?

यदि यी प्रश्नहरुको उत्तर एक वा त्यो भन्दा धेरै पटक 'छ' भन्ने आएको छ भने तपाईँको गिजामा समस्या देखा परेको छ। यस्तो अवस्थामा सकेसम्म छिटो दन्तचिकित्सक वा गिजा रोग सम्बन्धी विशेषज्ञलाई देखाउनुपर्छ।

सुरुवाती अवस्थामा छ भने उपचार गरेर गिजालाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ। यदि गिजाको अवस्था जटिल भइसकेको छ भने अहिलेकै अवस्थामा रोक्न सकिन्छ वा अझै जटिल हुनबाट जोगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस