एजेन्सी । जापानले उड्ने कारको सफल परीक्षण गरेको छ। सहज ढंगमा सडकमा गुडिरहेको कार एकाएक आकाशमा उड्न थालेपछि मानिसहरु चकित परेका छन् ।
सडकमा जाम, मानिसको भीडले हैरान कार प्रयोगकर्ताहरुले उड्ने कारको सपना देख्न थालेको लामो समय भइसकेको छ। यही सपनालाई पूरा गर्ने दिशाका अघि बढेको छ जापान। केहीबेर मात्रै यस्ता कार उडाउन सकिए सडक जामको समस्या कम हुने उपभोक्ताहरु बताउँछन् ।
जापानको स्काईड्राइभ इन्कले एक व्यक्तिमाथि यो कारको सफल परीक्षण गरेको हो। कम्पनीले सञ्चारमाध्यमसामुत यसको भिडियो देखाएको छ। उक्त कार हेर्दा मोटरसाइकलजस्तो देखिन्छ, भिडियोमा कार दुई मिटरसम्मको उचाइमा उडेको थियो, चार मिनेटसम्म ।
स्काईड्राइभ परियोजनाका प्रमुख तोमोहिरो फुकुजावाका अनुसार यो कार २०२३ सम्म बजारमा आउने छ। यसलाई सुरक्षित बनाउने काम भने बाँकी नै रहेको उनले स्वीकारेका छन्।
‘‘संसारमा उड्ने कार बनाउन सयभन्दा बढी परियोजना चलिरहेका छन्। तीमध्ये केही भने कारमा मानिस राखेर उड्न सफल भएका छन्,’’ उनले भने। मानिसहरु यस्ता कारमा यात्रा गर्दा सुरक्षित हुन चाहने उनको भनाइ थियो।
यस्ता कार पाँचदेखि १० मिनेटसम्म उड्न सक्छन्, तर यसलाई बढाएर ३० मिनेटसम्म पु¥याउन सकिने उनले बताए। यो कार बनाएपछि चीनलगायतमा मुलुकमा निर्यात गर्न सकिने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ भदौ २०७७, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ वर्षलाई नवीकरण भयो जापानमा कामदार पठाउने समझदारी
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट