आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, १३ भदौ २०७७, ०७ : ५०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम  आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । यस्तै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । सोही कारण मनसुनी गतिविधि जारी रहे पनि केही कमजोर हुने मौसमविदले जनाएका छन् ।

अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस