देशभरका कति पत्रकार कोरोना संक्रमित भए ?

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १७ : ३३
देशभरका कति पत्रकार कोरोना संक्रमित भए ?

काठमाडौं । नेपालमा पत्रकारहरु पनि कोरोना संक्रमित भएका छन् । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका पत्रकारमा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकोमा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् ।

प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् । कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् । पत्रकार महासंघ शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस