उत्तर कोरियाको नयाँ साशक बन्ने दौडमा छिन् किम यो जङ, दक्षिण कोरियालाई थप संकट पर्न सक्ने अड्कल

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १५ : २३
उत्तर कोरियाको नयाँ साशक बन्ने दौडमा छिन् किम यो जङ, दक्षिण कोरियालाई थप संकट पर्न सक्ने अड्कल

दक्षिण कोरियाली जासुसी संस्था यतिबेला निकै सक्रिय भएको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनले बहिनी किम यो जङलाई थप जिम्मेवारी हस्तान्तरण गरेको दाबी गर्दै जासुसि संस्थाले उत्तर कोरीया तिर आफनो सक्रियता बढाएको हो । दक्षिण कोरियाली जासुसी संस्थाले  किमले अझै पनि ‘पूर्ण अधिकार’ आफूमै राखेको तर तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार बहिनिलाई सुम्पिएको दाबी गरेको छ ।

आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको यही उप्रिल १५ मा मनाइएको जन्मोत्सव समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्यबारे हल्लाहरू चल्न थालेका थिए । धेरैपछि एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएका थिए । त्यस यता किमले आफनो स्वास्थ्य अवस्थाका कारण बहिनी यो जङलाइ अगाडि सारेको दाबी दक्षिण कोरीयाली जासुसी निकायको छ ।

बहिनी किम यो जङले अहिले ‘सम्पूर्ण राजकीय मामिला चलाइरहेको’ न्याश्नल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ । दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा उक्त दाबी गरिएको बताइएको छ । अब नेता किमले ‘उत्तराधिकारी छान्ने तयारी गरेको दक्षिण कोरियाको जासुसि निकायको दाबी छ ।  विगतमा उत्तर कोरियाको केही ममिलामा दक्षिण कोरियाली जासुसी संस्थाको दाबी गलत सावित भएको थियो ।

किम यो जङ उत्तराधीकारी बने दक्षिण कोरीयालाई हेर्ने नजर अलि सकारात्मक हुने जासुसि निकायको ठहर छ । किम वंशको पहिलो सदस्यको रूपमा सन् २०१८ मा दक्षिण कोरियाको भ्रमण गरेको र  दक्षिण र उत्तर कोरियाले संयुक्त रूपमा सहभागिता जनाएको शीतकालीन ओलम्पिकमा गएको प्रतिनिधिमण्डलमा पनि उनी सहभागि भएकाले जासुसि निकायले यस्तो अड्कल गरेको हो ।

अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको भनिएको छ ।

तर कतिपय विश्लेषकहरूले बहिनी किम यो महिना भएका दुई महत्वपूर्ण बैठकहरूमा नदेखिएको भन्दै उनको घटुवा भएको अनुमान गरेको पनि बताइएको छ ।

तर दक्षिण कोरीयाली समाचार संस्था एनके न्यूजले भनेको छ, पछिल्लो समय उनले दक्षिण कोरियाविरुद्ध कैयौँ कडा सन्देश दिएकी छिन् र दुई देशका विषयमा जानकारी राख्ने महत्त्वपूर्ण व्यक्ति बनेकी छिन् ।

जुन महिनामा किम यो–जङले दुई देशलाई विभाजन गर्ने असैनिकीकृत क्षेत्र (डीएमजी) मा सेना पठाउने चेतावनी दिएकी थिइन् ।

नेता किम जङअनकी कान्छी बहिनी उनको निकट र शक्तिशाली सहयोगी हुन् । सन् १९८७ मा जन्मिएकी चार वर्ष कान्छी हुन् । उनी दुवैले एकै समयमा स्वीट्जरल्यान्डमा पढेका हुन् । यो जङ पार्टीको प्रपगाण्डा विभागकी प्रमुख सदस्य थिइन् । सन् २०१७ को अक्टोबर महिनामा किम यो जङको भूमिका बढाउँदै उनलाई शक्तिशाली पोलिटब्यूरोमा मनोतीत गरिएको थियो ।

उनी दक्षिण कोरियाली नेता मुन जे इन, चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको बैठक सहितका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दाजु किमको नजिक रही सहभागी भएकी थिइन् ।

दक्षिण कोरियाको न्याश्नल इन्टेलिजेन्स सर्भिसले अन्य संस्थाहरूभन्दा धेरै नै उत्तर कोरियाको गुप्तचरी गर्छ । तर उसको विगतको ठम्याइ भने त्यती सहि साबित भएको देखिदैन् ।  

उत्तर कोरियाले दक्षिण कोरीयासँग सिमाना जोडिएको ठाउमा प्रपगाण्डा सहर निर्माण गरेको बताइएको छ । जुन सहरको काम प्रोपगाण्डा मच्चाउने भएको बताइन्छ । - एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस