सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

रासस

शुक्रबार, १२ भदौ २०७७, १४ : १७
सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

रुपन्देही । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । 

बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । 

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत निकालिएको छोरीको बिहीबार रिपोर्ट आएको हो । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको अस्पतालले जनाएको छ । शिशुको रिपोर्ट आए पनि आमाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उनको रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने उपनिर्देशक श्रेष्ठले बताए । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उनलाई भदौ १ गते कोहलपुर रिफर गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस