नेकपा अध्यक्षद्वय ओली–प्रचण्डबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १३ : ३२
नेकपा अध्यक्षद्वय ओली–प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । 

उनीहरुबीच शनिबार बस्ने सचिवालय बैठकको तयारी र पार्टीभित्रको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।  

ओली र प्रचण्डबीच शुक्रबार दिउँसो १२ बजेपछि बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बिहान ११ बजे सचिवालय बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस