यस्ता छन् मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेका निर्णय

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, १६ : २८
यस्ता छन् मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेका निर्णय

फाइल फोटो

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सहन्यायाधिवक्तामा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए । 

बैठकले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक  क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ भने इ–बिजनेश सम्ब्न्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ । 

यसैगरी सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ । 

बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय पनि गरेको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस