केही स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, ११ भदौ २०७७, ०७ : ५३
केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरको मौसम  सामान्यतया बदली हुनेुका साथै केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको छ । यस्तै उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसम बदली भएको हो । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस