काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, ११ : २३
काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा

फाइल फोटो

काठमाडौँ । काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । 

काठमाडौ, भक्तपुर र ललितपुरका सिडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा ब्यवसाय चल्न पाउँदैनन् ।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा थप गरिएको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ । 

‘एक हप्ताको निषेधाज्ञाको कारण कोरोना संक्रमणको चेन ब्रेक भएको समीक्षा गरेका छौं’ काठमाडौंका प्रजिअ जनकराज दाहालले भने, ‘उपत्यकामा मोविलिटी ठप्प भएको छ, चेन ब्रेक भएपछि आधारभूत रुपमा संक्रमणको दर घट्ने विश्वास छ ।’ 

प्रतिक्रिया दिनुहोस