चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १० भदौ २०७७, ०७ : ०२
चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २१८ सय वटा नमुनाको परीक्षणमा चितवनका ४० सहित ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर महानगरपालिका ३६  जनामा कोरोना पुष्टि भएको हो भने रत्ननगर नगरपलिका ३ जना र खैरेनी  नगरपलिका १ जनामा कोरोना संक्रमण पुष्टि हो ।

यस्तै  नवलपुर , धनुषा , तनहु र रुपेन्देहीमा गरी ४ जनामा  पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस