काठमाडौं । सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । सरकारले पहिलो चरणमा आन्तरिक उडान काठमाडौंबाट हिमाली र पहाडी जिल्लामा मात्र हुने भएको छ ।
निजी क्षेत्रका वायुसेवा कम्पनीसँग पहिलो चरणमा आन्तरिक उडान काठमाडौंबाट हिमाली र पहाडी जिल्लामा मात्र हुने गरी छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । तराईमा तत्काल उडान खोल्ने तयारीमा सरकार पुगेको छैन ।
पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव जाँदैछ । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ । सरकारले पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ ।
अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुने जनाइएको छ । १५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।
परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराई जानकारी दिए । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि