५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका यी पाँच जिल्ला

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १६ : ३३
५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका यी पाँच जिल्ला

काठमाडौं ।  नेपालमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पाँच जिल्ला पुगेका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या नेपालमा बढिरहेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोनाको जोखिममा विशेष गरेर ५ वटा जिल्ला रहेका छन्। मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्ला उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी पाँच जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।

लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले आ आफनो क्षेत्रमा निषेधाज्ञा जारी समेत गरेका छन्। 

मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हाल कोरोनाको संक्रमित छैनन्।

प्रतिक्रिया दिनुहोस