काठमाडौँमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १५ : ३२
काठमाडौँमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौँमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत ६६ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उनी काठमाडौं निवासी हुन् । 

मृतक निमोनियाबाट ग्रसित रहेका थिए । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस