आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, ०८ : १८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर  बिहानैदेखि सामान्य बदली रही केही प्रदेशमा सामान्य वर्षा हुने जनाएको छ ।  महाशाखाका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसोको मौसममा पनि सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

महाशाखाका अनुसार हाल उत्तरी बंगालको खाडीमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ । मंगलबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


 

प्रतिक्रिया दिनुहोस