बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ।
उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई "सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी" भनेकी छन्।
राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेकी थिइन्।
मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा राष्ट्रपतिको चर्को आलोचना गरिएको छ।
कुनै कानुनी समस्यामा फस्नबाट जोगिन आफूले सो रेकर्डिङ गरेको मेरी ट्रम्पले बताएकी छन्।
के भन्छ ह्वाइट हाउस?
"हे भगवान्! उसको ट्वीट र झुट। यो नक्कलीपना र निर्दयीपना," श्रव्य सामग्रीमा मारियनले भनेको सुनिन्छ।
सो श्रव्य सामग्री सुरुमा द वाशिङ्टन पोस्ट पत्रिकाले बाहिर ल्याएको थियो। त्यसपछि समाचारसंस्था एपीले पनि प्राप्त गर्यो।
राष्ट्रपति ट्रम्पले यी पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया जनाएका छन्।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ: "हरेक दिन कुनै नयाँ विषय आउँछ। कसलाई वास्ता छ!"
अरूलाई परीक्षा दिन लगाएको दाबी
गोप्य रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासीनीतिको आलोचना गरेकी छन् जसका कारण सीमामा भएका हिरासतकेन्द्रमा बालबालिकाले थुनिनुपर्यो।
"उनी केवल आफ्ना समर्थकले चाहेको जस्तो गर्न चाहन्छन्," ब्यारीले भनिन्।
भतिजी मेरी ट्रम्पको किताबमा कसरी राष्ट्रपति ट्रम्पले साथीलाई पैसा दिएर आफ्नो साटो एसएटी परीक्षा - विश्वविद्यालयमा स्थान निश्चित गर्न आवश्यक एउटा परीक्षा- मा बस्न लगाएका थिए भनेर उल्लेख छ।
ब्यारीले त्यसैप्रति इङ्गित गरेको श्रव्य सामग्रीमा सुनिन्छ। त्यसमा उनी ट्रम्पका ती साथीको नाम पनि याद भएको बताउँछिन्।
"उनी (ट्रम्प) पेन्सल्भेनीआ विश्वविद्यालयमा भर्ना हुन सके किनभने उनले अरू कसैलाई आफ्नो तर्फबाट परीक्षा दिन लगाए," ब्यारीले भनिन्।
विगतमा ब्यारीले आफ्नो भाइप्रति समर्थन व्यक्त गरेकी थिइन् र निकटता देखाएकी थिइन्।
आफ्नो शल्यक्रिया हुँदा भाइले हरेक दिन अस्पतालमा भेट्न आएको उनले स्मरण गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ भदौ २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पले भने : 'यो दुःखद हो
आप्रवासीहरूलाई अफ्रिकी तथा युरोपेली देशहरूमा निष्कासन गर्ने ट्रम्पको योजना
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
तेस्रो कार्यकालमा रुचि छैन : राष्ट्रपति ट्रम्प
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्ज बर्खास्त
ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै