जंगली च्याउ खाँदा चार जना गम्भीर

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १४ : ४५
जंगली च्याउ खाँदा चार जना गम्भीर

काठमाडौं। जंगली च्याउ खाँदा डोल्पामा चार जना गम्भीर बिरामी परेका छन्। डोल्पाको ठूलीभेरी नगरपालिका–७ र ८ का चार जना पुरुष गम्भीर बिरामी परेका हुन् । 

ठूलीभेरी नगरपालिका–५ को माझपाल पोखेपानी जंगलबाट ल्याएको च्याउँ खाँदा वडा नम्बर ७ का ३३ वर्षीय उत्तमबहादुर शाही, ३० वर्षका सूर्यबहादुर शाही, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र ४४ वर्षीय सत्यबहादुर शाही समेत बिरामी परेको थिए । 

उनीहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरि उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस