यी दस देश जसलाई छुन सकेको छैन कोरोना भाइरसले

एजेन्सी

सोमबार, ०८ भदौ २०७७, ११ : १७
यी दस देश जसलाई छुन सकेको छैन कोरोना भाइरसले

एजेन्सी । कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ । तर के यी देश साँच्चै नै कोभिड–१९ बाट बेअसर नै छन् ?

सन् १९८२ मा खोलिएको ‘द पलाउ होटल’ त्यो जमानामा निकै ठूलो होटल थियो । यसको अत्यधिक चर्चा हुने गर्दथ्यो किनभने योभन्दा उन्नत होटल अरु कुनै थिएन ।

त्यतिबेलादेखि आकाशे रङको प्रशान्त महासागरले घेरिएको यो सानो देशले पर्यटनमा वृद्धिको पूरा आनन्द लियो ।

सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाऊ पुगेका थिए, अर्थात् यो देशको कूल जनसंख्याभन्दा लगभग पाँच गुणा बढी ।

सन् २०१७ मा आइएमएफको आँकडामार्फत् देशको जीडिपीको ४० प्रतिशत हिस्सा पर्यटनबाट आउने पत्ता लागेको छ ।

तर यो सबै कोभिड अघिको कुरा हो ।

पलाऊका सीमा मार्चको अन्तिम दिनदेखि बन्द छन् । यद्यपि, पलाऊ संसारको ती १० देश ९उत्तर कोरिया र तुर्कमेनिस्तानलाई छोडेर० मध्ये एक हो जहाँ कोरोना संक्रमणको आधिकारिक रुपमा कुनै केस छैन ।

तर कुनै पनि व्यक्तिलाई संक्रमित नगरिकनै कोरोनाभाइरसले यो देशलाई ध्वस्त पारेको छ ।

द पलाऊ होटल मार्चदेखि नै बन्द छ र अब यो एक्लो छैन । पलाऊका सबै रेष्टुरेन्ट खाली छन् । जुन पसलमा पर्यटक उपहार खरिद गर्न जान्थे, ती सबै बन्द छन् । विदेशबाट फर्किएका पलाऊका नागरिकलाई क्वारेन्टिनको सुविधा दिइरहेका होटलमात्रै खुल्ला छन् ।

यी हु्न् ती १० देश जहाँ कोभिड–१९ का कोही संक्रमित छैनन् । 

– पलाउ

– माइक्रोनेशिया

– मार्शल द्वीप समूह

– नाउरु

– किरिबाती

– सोलोमन द्वीप समूह

– तुवालु

– समाओ

– वानुअतु

– टोंगा

द पलाऊ होटलका प्रबन्धक ब्रायन ली भन्छन्, ‘यहाँको समुद्र संसारको कुनै पनि देशभन्दा अत्यधिक सुन्दर छ ।’

उनका अनुसार आकाशको रङको निलो समुद्र नै हो जसले उनलाई व्यस्त राख्छ । कोभिड अघि उनको होटलका ५४ कोठामध्ये करिब ७०–८० प्रतिशत हरेक समय भरिएका हुन्थे तर सीमा बन्द भएपछि उनीसँग कुनै काम नै छैन ।

ब्रायन भन्छन्,‘यो एउटा सानो देश हो, तसर्थ स्थानीय मानिसहरु त पलाउ होटटलमा आएर बस्दैनन् ।’

उनकाी समूहमा लगभग २० कर्मचारी छन् र उनले सबैलाई अहिलेसम्म काममा राखेका छन् तर उनको कामको घण्टा घटाइएको छ ।

उनी भन्छन्, ‘म सधैं उनीहरुका लागि काम खोज्ने कोसिस गर्छु जस्तै मिलाउने काम, कुनै भागको नविकरणको काम र यस्तै यस्तै ।’

तर खाली होटलमा सधैंभरी चिजबिज मिलाउने र नवीकरणको काम गरिराख्ने कुरा पनि त आउँदैन । ब्रायन भन्छन्,‘म यसरी थप ६ महिना चलाउन सक्छु तर पछि त मैले होटल नै बन्द गर्नुपर्ने स्थिती आउन सक्छ ।’

ब्रायन यो परिस्थितीका लागि सरकारलाई दोष भने दिँदैनन् । पलाऊका जनताका लागि सरकारले आर्थिक सहायताको घोषणा गरेको छ र सबैभन्दा ठूलो कुरा कोरोनाभाइरस महामारीलाई सफलतापूर्वक देशबाहिर राख्न सफल भएको छ ।

उनी भन्छन्,‘सरकारले आफ्नो स्तरमा राम्रो काम गरेको छ ।’ तर पलाऊको सबैभन्दा पुरानो र अत्यधिक चर्चित होटलकै हालत यस्तो छ भने त्यहाँ छिट्टै केही परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

पलाऊका राष्ट्रपतिले हालै ‘आवश्यक हवाई यात्रा सेप्टेम्बर १ देखि पुनः सुरु हुनसक्ने घोषणा गरेका थिए । यसैबीच ताइवानसँग पलाऊमा एक एयर करिडोर बनाउने बारे पनि कुरा भइरहेको जसमार्फत् पर्यटक आउन अनुमति मिल्ने खबर पनि फैलिएको छ ।

यद्यपि, ब्रायनलाई यस्तो छिट्टै होला भन्ने लागेको छैन । उनी भन्छन्,‘सरकारले व्यापार व्यवसाय पुनः खोल्नुपर्ने छ । सायद न्यूजिल्याण्ड र त्यसै प्रकारको अन्य देशसँग पर्यटकका लागि एयर–बबल सुरु गर्न मद्दत गरियोस् । नभए यहाँ कुनै प्रकारको व्यापार व्यवसाय गर्न सकिँदैन ।’

पलाऊभन्दा पूर्व दिशामा करिब चार हजार किलोमिटर टाढा विशाल प्रशान्त महासागर पारी रहेको मार्शल द्वीप पनि कोरोनामुक्त छ । तर पलाऊजस्तै कोरोना संक्रमण नभएका कारण यहाँ यसले केही प्रभाव पारेको छैन भन्नु गलत हुनेछ ।

यहाँ होटल रोबर्ट रिमर्स एक चर्चित होटल हो । यसको लोकेशन निकै शानदार छ । कोभिड अघि होटलका ३७ कोठामध्ये करिब ७५–८८ प्रतिशतसम्म भरिएका हुन्थे । यहाँ मुख्य रुपमा एशिया र अमेरिकाका पर्यटक पुग्ने गर्थे ।

तर जब सीमा बन्द भए होटलसँग ३–५ प्रतिशत मात्रै काम छ ।

यो होटल समूहका लागि काम गर्ने सोफिया फाउलर भन्छिन्, ‘हाम्रोमा बाहिरी द्वीपबाट आउनेहरुको संख्या पहिले नै सिमित थियो तर लकडाउनले सबै ध्वस्त पारिदियो ।’

राष्ट्रिय स्तरमा, मार्शल द्वीप समूहमा कोभिड–१९ का कारण सात सयभन्दा बढीको जागिर जाने अनुमान छ जुन सन् १९९७ पछि सबैभन्दा ठूलो गिरावट हो । यसमा २ सय ५८ जागिर होटल र रेष्टुरेन्ट क्षेत्रमा जाने आशा छ ।

तर मार्शल द्वीप समूहको ‘सेल्फ आइसोलेशन’ ले पर्यटकलाई बढी प्रभावित पारेको छ किनभने पलाऊको तुलनामा मार्शल द्वीपको पर्यटनमा निर्भरता कम छ । यहाँको माछा उद्योग बन्द हुनु सबैभन्दा ठूलो समस्या हो ।

देशलाई कोभिड मुक्त गर्नका लागि संक्रमित देशका डुङ्गालाई मार्शल द्वीपको बन्दरगाहमा प्रवेश गर्न रोक लगाइएको छ । इन्धनको ट्याङ्कर र कन्टेनर जहाजसहित अन्य ठूलो जहाजले प्रवेश गर्नुअघि समुद्रमा १४ दिन बिताउन निर्देशन दिइएको छ । माछा समात्ने लाइसेन्स रद्द गरियो र कार्गो उडानमा पनि कटौती गरिएको छ । (बीबीसी)

प्रतिक्रिया दिनुहोस