काठमाडौं । दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ ।
लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई बल मिलेको बताइएको छ । लिपुलेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ ।
ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेकनजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभई क्षेप्यास्त्र तैनाथका लागि निर्माणकार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।
डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङबाट पिपुल्स लिबरेसन आर्मी (पीएलए)को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको छ ।
यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इलाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तैनाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेकनजिकै तैनाथ गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ भदौ २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु