प्रदेश सरकारको सहयोगमा पिसिआर प्रयोगशाला सञ्चालन हुँदै

रासस

शनिबार, ०६ भदौ २०७७, २० : ३२
प्रदेश सरकारको सहयोगमा पिसिआर प्रयोगशाला सञ्चालन हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ कोरोना परीक्षणका लागि पिसीआर प्रयोगशाला सञ्चालनको तयारी गरिएको छ । जिल्ला अस्पतालमा सञ्चालनको तयारी भएको प्रयोगशालाका काम अन्तिम चरणमा पुगेको छ ।

प्रगोगशाला सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचनाको काम ९० प्रतिशतभन्दा बढी भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो ।  

प्रयोगशालाका लागि टाइलिङ, वायरिङ, आल्मोनियम पार्टेसनलगायत गरी ९० प्रतिशत काम सम्पन्न भएको छ । उहाँले भन्नुभयो, “भदौ १२÷१३ गतेदेखि पिसीआर परीक्षण गर्ने गरि काम धमाधम भइरहेको छ ।” 

प्रयोगशालाका लागि गत साउन २१ गते मेशिन बैतडी भित्रिएको छ । उहाँले भन्नुभयो, “मेशिन जडानको काम पनि थाल्ने तयारीमा छौँ ।”

प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति भर्ना गरिरहेको जिल्ला अस्पतालले जनाएको छ । प्रयोगशालाका लागि कर्मचारी यही भदौ ७ गते छनोट हुने र त्यसपश्चात मेशिन जडानको काम हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस