पूर्वप्रधानमन्त्री नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, ०६ भदौ २०७७, १३ : ४२
पूर्वप्रधानमन्त्री नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ । 

माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस