काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शनिबार दिउँसोको मौसममा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। बिहानै देखि देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।
शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?