चितवन । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३०६ सय वटा नमुनाको परीक्षणमा चितवनका २२ सहित २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिका १९ जनामा कोरोना पुष्टि भएको हो भने राप्ती नगरपलिका ३ जनामा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै नवलपुरका १ जना , पर्बतका १ जना , पर्साका १ जना र मनहरीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, ०७ : १२
लेखकबाट थप