कोरोना कहर : भारतमा एकै दिन ६९ हजार बढी संक्रमित, कुल संक्रमितको संख्या २८ लाख नाघ्यो

विहीबार, ०४ भदौ २०७७, ०९ : २९
कोरोना कहर : भारतमा एकै दिन ६९ हजार बढी संक्रमित, कुल संक्रमितको संख्या २८ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण ९८० जनाको मृत्यु भएको छ । भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार ९९४ पुगेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस