आजको मौसम : धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, ०४ भदौ २०७७, ०८ : २५
आजको मौसम : धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभरको मौसम सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने  जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेकाले मौसम बदली भएको हो ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानमा वर्षा भइरहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति पनि देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस