मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।
गएराति हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा ४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, १४ : ५०
लेखकबाट थप