राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि (तस्बिरहरु)

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १४ : ४०
राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अब हामीमाझ रहनुभएको छैन । उहाँको राष्ट्रिय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो । 

राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस