संसदीय समितिमै सुरु भयो नेटवर्किङ धन्दा बचाउन चलखेल

पत्रपत्रिकाबाट

बुधबार, ०३ भदौ २०७७, ०८ : १९
संसदीय समितिमै सुरु भयो नेटवर्किङ धन्दा बचाउन चलखेल

काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई बचाउन संसदीय समितिमा चलखेल सुरु भएको छ । 

दुई साताअघि प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा तत्काल व्यवसाय बन्द गर्नुपर्छ भन्ने सांसदले नै अहिले ऐनअनुसार चलाउनुपर्ने तर्क राख्न थालेका छन् ।

सांसदहरूले आफू पनि ठगिएको सम्झना गराउँदै वस्तुको प्रत्यक्ष बिक्री भनेर नाम मात्रै फरक भएको, उद्देश्य नेटवर्किङ व्यवसाय नै गर्ने धारणा राखेका थिए । तर थप अध्ययन गर्न बनेको उपसमितिमा सांसदले इजाजत पाइसकेका कम्पनीलाई रोक्दा कानुनी जटिलता आउन सक्ने भन्दै कारोबार गर्न दिने सोच बनाएको स्रोतको दाबी छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस