आफूखुसी नम्बर थप्नेमा निजी स्कुल अगाडि

पत्रपत्रिकाबाट

बुधबार, ०३ भदौ २०७७, ०८ : ०९
आफूखुसी नम्बर थप्नेमा निजी स्कुल अगाडि

काठमाडौँ ।  एसईईको आन्तरिक मूल्यांकनमा सामुदायिकभन्दा निजी विद्यालयले विद्यार्थीलाई मनोमानी नम्बर थपेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको छ ।

निजी विद्यालयले विद्यार्थीको अंक थपेर पठाएको भेटिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूले बताएका छन् । इकाइ प्रमुखहरूलाई विद्यालयले पठाएको अंक बोर्डमा सिफारिस गर्ने जिम्मा दिइएको थियो । सबैभन्दा धेरै परीक्षार्थी र निजी विद्यालय रहेको काठमाडौं जिल्लामा गत वर्ष ५२ जनाले मात्र ४ जीपीए प्राप्त गरेका थिए । यस वर्ष १ हजार ५ सय ५४ जनाले ४ जीपीए ल्याएका छन् ।

परीक्षार्थी संख्या भने गत वर्षभन्दा यसपालि १ हजार २ सय ८९ जना कम थियो । यस पटक ३५ हजार ५ सय ६५ जना एसईईमा सहभागी भएका थिए । संख्या घटे पनि विद्यार्थीले प्राप्त गर्ने जीपीए बढेको इकाइले जनाएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस