काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका बृद्घ पुरुष रहेका छन् । मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बारा जिल्लामा रहेको श्री चण्डी गणका ४ नेपाली सेना रहेका छन । वीरगन्जमा रहेकोे भारतिय महावाणिज्यदुतावासका ४४ बर्षीय १ जना महिला रहेकी छिन् । वयोधा अस्पलाका विभिन्न वार्डमा कार्यरत ३६ जना कर्मचारी समेतमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २ जना, वडा नम्बर ५,१० र १२ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका ९० जना रहेका छन् । निराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ निवासी २० बर्षकी युवती रहेकी छिन् । त्यसैगरी बारा जिल्लाका विभिन्न ठाँउका ४ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ बर्षका युवकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।
साउन ३० गते देखि भदौ ०२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १ सय ४७ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट