काठमाडौँ उपत्यकामा थपिए दुई सय पाँच जना कोरोना संक्रमित

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १६ : ५१
काठमाडौँ उपत्यकामा थपिए दुई सय पाँच जना कोरोना संक्रमित

फाइल फोटो

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १ सय ३८,  ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन् । 

सोमबार काठमाडौँ उपत्यकामा १ सय ७२ जना नयाँ संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस