एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली नेशनल पार्कमा ५४.४ डिग्री सेन्टिग्रेट (१३० डिग्री फेरनहाइट) तापक्रम मापन गरिएको छ । यसलाई पृथ्वीमा मापन गरिएको अहिलेसम्मकै उच्च तापक्रम भनिएको छ ।
अमेरिकाको नेशनल वेदर सर्भिसले यो तथ्यांकलाई पुनःमूल्यांकन गरिरहेको छ । अमेरिकाको पश्चिम तटिय क्षेत्रमा तातो हावाको बहावसँगै त्यहाँको तापक्रममा वृद्धि भएको हो । यो क्रम यस हप्ता जारी हुने बताइएको छ ।
आइतबार उक्त तापक्रम डेथ भ्यालीको फर्नेस क्रिकमा मापन गरिएको थियो । यसअघि विश्वमा सबैभन्दा बढी मापन गरिएको तापक्रम ५४ डिग्री सेल्सिय (१२९.२ डिग्री फेरनहाइट) थियो । यो पनि डेट भ्यालीमा सन् २०१३ मा मापन गरिएको थियो ।
एक शताब्दीअघि डेथ भ्यालीमा नै १३४ डिग्री फेरनहाइट (५६.६ डिग्री सेल्सियस) मापन गरिएको दाबी गरिए पनि त्यो विवादमा रहेको छ ।
त्यस्तै, ट्युनिसयामा सन् १९१३ मा मापन गरिएको १३१ डिग्री फेरनहाइन (५५ डिग्री सेल्सियस) लाई पनि मान्यता दिइएको छ । उक्त तथ्यांक संकलनमा गल्ती भएको वैज्ञानिकहरुको भनाइ छ । (बीबीसी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ भदौ २०७७, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?