इलाम । इलामको क्वारेन्टिनमा गए राति मृत्यु भएका युवकको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ ।
सूर्योदय नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीका अनुसार नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको रिर्पाेट नेगेटिभ आएको हो ।
उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको थियो ।
भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ भदौ २०७७, १४ : १७
लेखकबाट थप