काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले आज वा भोलिसम्ममा परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ ।
बोर्डका एक अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठकमा बोलाउने तयारी भइरहेको छ । अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ–स्रोतले भन्यो । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो ।
बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसि मार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागिएको खबर नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ भदौ २०७७, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक