पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको हो ।
उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३१ साउन २०७७, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ