चौधरी फाउण्डेशनद्धारा भैरहवाको भिम अस्पतालाई भेन्टिलेटर हस्तान्तरण

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १० : ०९
चौधरी फाउण्डेशनद्धारा भैरहवाको भिम अस्पतालाई भेन्टिलेटर हस्तान्तरण

भैरहवा । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले भैरहवा स्थित भिम अस्पताललाई कोभिड–१९ का गम्भीर बिरामीहरुका लक्ष्ँित गरि अत्यावश्यक पर्ने भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । 

भिम अस्पतालमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का सामामजिक बिकास मन्त्री सुर्दशन बराललाई चौधरी फाउण्डेशनका प्रतिनिधि दामोदर भण्डारी, रामचन्द्र धिताल, आषिश बराल र सुरेन्द्रअधिकारीले भेण्टिलेटर हस्तान्तरण गरेका छन् । उक्त अबसरमा रुपन्देहिका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ , अस्पतालबिकास समितिका अध्यक्ष र प्रतिनिधि , भिम अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. नविन दर्नाल लगायतको उपस्थिती रहेको थियो ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री सुर्दशन बरालले आपतकालिन उपचार सेवामा अत्यावस्यक पर्ने भेन्टिलेटर उपलब्ध गराएर चौधरी फाउण्डेशनले सामाजिक उत्तरदायित्व पुरा गरेको बताए । उनले अस्पताल आफैले भेन्टिलेटर खरिद गर्दा लामो र झन्झटिलो प्रकृया पार गर्नु पर्ने अबस्थामा कोभिडको जोखिम न्यूनिकरण गर्न सघाउनका लागि चौधरी फाउण्डेशनले भेन्टिलेटर हस्तबान्तरण गरेर ठुलो गुन लगाएको बताए ।

फाउण्डेसनका प्रतिनिधि तथा महाप्रबन्धक दामोदर भण्डारीलेकोभिड–१९ का गम्भीर विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रह्ने उल्लेख गरे । 
 

प्रतिक्रिया दिनुहोस