रद्द भयो सहसचिवको नतिजा

पत्रपत्रिकाबाट

शनिबार, ३१ साउन २०७७, ०७ : २५
रद्द भयो सहसचिवको नतिजा

काठमाडौं । लोकसेवा आयोगले प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’ भएको शंका लागेपछि नतिजा आइसकेको लिखित परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द गरेको छ ।

\लिखितको परिणाम आएको झन्डै ५० दिनपछि आयोगले नतिजा र परीक्षाको प्रक्रिया रद्द गरेको हो । अन्तर्वार्ता यसअघि नै स्थगित गरिएको थियो ।

आयोगले बिहीबार विज्ञापन नं. १७१६७/०७६–७७ वाट विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । 

आयोगले उक्त पदका लागि पुनः लिखित परीक्षा लिने जनाएको छ । तर, यसअघि दरखास्त स्वीकृत भएका व्यक्तिहरू मात्रै परीक्षामा सम्मिलित हुन पाउनेछन् ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस