ओली–प्रचण्डबीच सहमति : नेकपामा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, १२ : ५७
ओली–प्रचण्डबीच सहमति : नेकपामा विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । 

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । 

कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस