काठमाडौं । चिनसँग सिमा जोडिएको सिन्धुपाल्चोक जिल्लामा भीषण पहिरो गएको छ । जिल्लाको जुगल गाउँपालिका २ लिदिमा बिहान ४ वजे भीषण पहिरो जाँदा एकै गाउँका २२ घर पुरिएको बताईएको छ ।
पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ । शुक्रबार बिहान करिब चार बजे पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सफलखबरलाई टेलिफोनमा दिएको जानकारी अनुसार, अहिले घटनास्थलमा प्रहरीका उद्दार टोली जादै गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने घटनास्थलमा २२ घर पुरिएको जानकारी आफुलाई आएको भन्दै उनले प्रहरी केही समय पछि पूग्ने जानकारी दिए ।
२२ वटा घर पुरिएको र पहिरो बिहानै ४ बजे नै गएका कारण घरमा सुतिरहेके धेरै मानिसहरु हताहत भएको हुन सक्ने अनुमान गरिएको छ । तर त्यहाँको वास्तविकता अझै आईसकेको छैन । एसपी महर्जनले घटनास्थलमा अहिले प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली खटाईएको बताए ।
जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पहिरोमा १३ ओटा घर पुरिएको खबर आएको जानकारी दिए । ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न ।
ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’ उनले भने । ०७२ सालमा भूकम्प गएपछि सिन्धुपाल्चोकका जमिन एकदमै धजा फाटेको कारण पनि त्यहा प्राकृतिक विपत्तिले पिरोल्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध