महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका : डब्लुएचओ प्रमुख

एजेन्सी

विहीबार, २९ साउन २०७७, २१ : १७
महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका : डब्लुएचओ प्रमुख

फाइल तस्विर

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । 

उहाँले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो । विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै कोरोना भाइरस महामारीबाट युवा पुस्ताको भविष्यमा परेको प्रभावप्रति दुःख पनि व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “भाइरसले स्वास्थ्यमा मात्र नभई अर्थतन्त्र, रोजगार, शिक्षा प्रणालीमा पनि प्रभाव पारेका बताउनुभयो ।” उहाँले युवासँग महामारीबारे जानकारी लिन र स्वास्थ्यका लागि हितकर हुने छनौट गर्न आह्वान पनि गर्नुभयो ।

उहाँले विभिन्न संगठन, संस्थान तथा सरकारसँग युवाको प्रस्ताव सुन्न, महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा युवालाई सम्लग्न हुन प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आह्वान गर्नुभयो ।

अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । कोरोना भाइरस महामारीको पृष्ठभूमिमा चालु वर्षको विषयसूची ‘विश्व कारवाहीमा युवाको संलग्नता’ रहेको छ । 

प्रतिक्रिया दिनुहोस