काठमाडौँ । तत्कालीन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका ३५ जनाभन्दा बढी युवाहरु नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् । कोइराला निवासमा आयोजित एक कार्यक्रममा ती युवाहरुलाई स्वागत गर्दै महामन्त्री कोइरालाले नेकपा छोडेर युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकाले आफुमा पनि उर्जा थपिएको बताए ।
महामन्त्री कोइरालाले कम्युनिष्टहरुको कुशासानका कारण नागरिकमा अविश्वास जागेको बताए । उनले नेपाली कांग्रेसको भनेको संघर्षको पर्यायवाची भएको भन्दै अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन युवाहरुलाई आह्वान गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय बद्री पाण्डे, जीवन परियार, नेपाली कांग्रेसका नेता राचन्द्र खड्का, नेपाली कांग्रेस रामेछापका जिल्ला सभपाति लवश्री न्यौपानेले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काका अनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवाहरु नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछापको दोरम्बा र वेथानलाई तत्कालिन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए । सो क्षेत्रका अधिकांश युवाहरु कम्युनिष्टहरुको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी नवराज गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०७७, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी