काठमाडौं । कर्णालीमा नेत्र विक्रम चन्द नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
मुगुका सोरु गाउँपालिका¬–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ साउन २०७७, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ