युभेन्टसको नयाँ प्रशिक्षकमा पूर्व खेलाडी आन्दे्रया पिर्लो

एजेन्सी

आइतबार, २५ साउन २०७७, ०८ : ०४
युभेन्टसको नयाँ प्रशिक्षकमा पूर्व खेलाडी आन्दे्रया पिर्लो

एजेन्सी । इटालियन च्याम्पियन युभेन्टसले माउरिजिओ सारीलाई बर्खास्त गर्दै आन्द्रेया पिर्लोलाई क्लबको नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।  युभेन्टसले पूर्व मिडफिल्डर आन्द्रेयालाई २३ वर्षमुनिको टिमको प्रशिक्षकका रुपमा नियुक्त गरेको हप्ता दिनभित्रै सिनियर टिमको जिम्मा दिएको हो ।

युभेन्टसका पूर्व मिडफिल्डर आन्द्रेयाले क्लबका लागि खेलाडीका रुपमा चार पटक सिरी ए, एक पटक कोपा इटालिया र दुई पटक इटालियन सुपर कपको उपाधि जितेका छन् ।इटालियन जाइन्ट युभेन्टसले सारीलाई एक सिजनमै बर्खास्त गरेको हो । क्लबलाई सिरी ए को उपाधि दिलाए पनि शुक्रबार राति भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लेगमा लियोनसँग पराजित भएसँगै युभेन्टसले सारीलाई बर्खास्त गरेको हो ।

४१ वर्षका पिर्लोले युभेन्टससँग दुई वर्षको सम्झौता गरेका छन् । इटालीको राष्ट्रिय टिमका पूर्व मिडफिल्डर पिर्लोलाई युभेन्टसले २३ वर्षमुनिको टिमको प्रशिक्षकका रुपमा गएको जुलाई ३० मा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस