पत्रकार तामाङलाई चितवन पोष्टको बिदाइसँगै सम्मान

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १३ : १४
पत्रकार तामाङलाई चितवन पोष्टको बिदाइसँगै सम्मान

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य बबीलाल तामाङलाई विगतमा उनी कार्यरत संस्था चितवन पोष्ट दैनिकले एक समारोहबीच बिदाईसँगै सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लहकार एवं सफल खबर डट कमका समाचार सम्पादक सूर्यप्रकाश कँडेलले शुक्रबार चितवन पोष्ट दैनिकको कार्यालय भरतपुरम आयोजित कार्यक्रममा सम्मानपत्र अर्पण गरेका थिए । उनलाई दोसल्ला ओढाएर मायाको चिनोसमेत दिइएको थियो ।

विगत १८ वर्षदेखि चितवन पोष्ट दैनिकमा कार्यरत तामाङलाई संस्थामा कार्यरत रहँदासम्म भौतिक र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान तथा विदाई गरेको संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताए । तामाङ २०५९ साल कार्तिक ११ गतेदेखि निरन्तर २०७६ फागुनसम्म चितवन पोष्टमा कार्यरत थिए ।

कर्यक्रममा सम्मानित हुँदै तामाङले आफूले यो सम्मान तथा विदाईले भविष्यमा अझ बढी केही गर्ने प्रेरणा मिलेको बताए । कार्यक्रममा कर्मचारीका तर्फबाट चितवन पोष्टका समाचार प्रमुख दिपेन्द्र अधिकारीले तामाङको जीवनमा अझ सफलता साथै दीर्घकालीन सफलताको कामना व्यक्त गरे ।

पत्रकार तामाङ न्यूजप्रवाह डटकमका प्रधान सम्पादक तथा तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष समेत हुन् । 

प्रतिक्रिया दिनुहोस