नयाँदिल्ली । एयर इन्डियाको विमान केरलको कालिकट विमानस्थलमा शुक्रबार साँझ दुर्घटनाग्रस्त भएको छ । दुबईबाट आएको एयर इन्डियाको आईएक्स १३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी दुई जना पाइलटसहित कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम जनाएको छ । त्यस्तै कम्तीमा ५० जना घाइते भएको र तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
तर विमान कम्पनीले भने यसको आधिकारिक पुष्टि गरेको छैन । एयर इन्डियाले दुर्घटनामा थुप्रै यात्रु घाइते भएको र उनीहरुको उद्धार भइरहेको जनाएको छ । विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ साउन २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता