कमलादी सुन तस्करी प्रकरणमा अभियुक्त भारतीय फिल्म निर्माता भएको खु्लासा

पत्रपत्रिकाबाट

बुधबार, २१ साउन २०७७, ०७ : ३८
कमलादी सुन तस्करी प्रकरणमा अभियुक्त भारतीय फिल्म निर्माता भएको खु्लासा

काठमाडौँ । सुन तस्करीको अभियोगमा पक्राउ परेका भारतीय नागरिक निलेश सखिया भारतीय फिल्म ‘पेनाल्टी’ का निर्माता रहेको खुलेको छ । हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनले निर्माण गरेको फुटबल खेलाडीको कथामा आधारित सो फिल्म सन् २०१९ जुलाई १९ मा भारतमा रिलिज भएको थियो ।

क्षमतावान् एक फुटबल खेलाडीलाई क्षेत्रीय र नश्लीय विभेदका कारण कसरी पछि पारिन्छ भन्ने कथा फिल्ममा छ । सुनले लेपन गरिएको साढे १५ केजी चाँदी, करिब ७ सय ५० ग्राम सुन र दुई थान पेस्तोल महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई साउन १३ गते बिहान सुन्धारामा बुझाएर उनीसहितको समूह भागेको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस